अन्डर १९ समाचार

अन्डर नाइन्टिन एशिया कपमा नेपालले श्रीलंकाबाट दुई सय २८ रनको लक्ष्य

एसीसी अन्डर नाइन्टिन एशिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाबाट दुई सय २८ रनको लक्ष्य पाएको छ ।

कोलम्बोमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारीत ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय २७ रन बनायो । उत्कष्ट सुरुवात गरेको नेपालले पहिलो बलमा नै विकेट लिन सफल भयो । नेपालका कमलसिंह ऐरीले ओपनर चतुरङगालाई डकआउट गर्न सफल भए । पहिलो पाच ओभरमा कसिलो बलिङ गरेको नेपाली टिमको फिल्डिङ भने चुस्त हुन सकेन ।

केली १० रनमा खेलिरहदा नेपालले क्याच गुमाउन पुग्यो । दोस्रो विकेटका लागि रेभेन केली र हसिथा बोयागोडाले अर्धसतकिए साझेदारी गर्दै टिमको पारी सम्हाल्न सफल भए । तर श्रीलंकाको स्कोर ६८ रन हुदा नेपालले दोस्रो सफलता हात पार्यो । रभन केली ब्यक्तिगत १९ रनमा दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । त्यसपछि नेपालले श्रीलंकाको स्कोर ८३ रन हुदा तेस्रो सफलता हात पार्यो । श्रीलंकाका कप्तान कामिन्दु मन्डिस ११ रनमा पवन सराफको बलमा आउट भए ।

श्रीलंकाको पारीलाई अगाडी बढाउन महत्वपुर्ण योगदान गरेका बोयागोडालाई ब्यक्तिगत ८३ रनमा रनआउट गरेपछि नेपालले चौथो विकेट झार्यो । लगत्तै कृशनलाई २८ रनमा पवन सराफले आउट गरेपछि श्रीलंकाले एक सय ४८ रनमा पाच विकेट गुमायो । त्यसपछि क्रसपुल्लेपनि १३ रनमा रनआउट भएपछि नेपालले छैटो विकेट लिन सफल भयो । त्यसपछि लगाता दुई विकेट गुमाएको श्रीलंकाले दुई सय २७ रन बनायो । बलिङ तर्पm नेपालका लागि पवन सराफले दुई विकेट लिए ।

Comments

comments