अन्डर १९ समाचार

यू–१९ एशिया कपमा नेपाल भारतसंग ६ विकेटले पराजित, सेमिफाइनल यात्रा समाप्त

श्रीलङकामा जारी अण्डर नाइन्टिन एशीया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतसंग छ विकेटले पराजित भएको छ । हारपछि नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा टस जितेर नेपालले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ७२ रन बनाएको हो । साविक विजेता भारत विरुद्ध नेपालले सुरुवात भने राम्रो गर्न सकेन । ३६ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ५१ रन बनाउदा पाच विकेट खेर फालेको थियो । एक सय सात रन हुदा सात विकेट गुमाएको नेपालको पारीलाई रोहित कुमारले उकासेका थिए । उनले दिपेन्द्र ऐरीसंग गतिलो साझेदारी गर्दै नेपाललाई एक सय ५० रनको आकडा पार गराएका थिए ।

भारतीय बलर विरुद्ध अन्तिम ओभरमा २४ रन प्रहार गरेका रोहितले अविजीत ६८ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले ३४ तथा आसिफ सेखले १८ रनको योगदान गरे । यस्तै प्रकाश केसीले १३ रन जोडे । भारतका लागि राहुल चाहरले पाच विकेट लिए । जवाफमा भारतले ३३ ओभर तीन बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पाच रन हुदा पहिलो सफलता हात पारेको नेपालले त्यसपछि दोस्रो विकेट लिन निकै समय लगायो ।

दोस्रो विकेटका लागि हिमान्सु राना र सुबमन गिलले ८४ रनको साझेदारी गर्दै भारतलाई जितको बाटो देखाए । हिमान्सु ५१ रनमा आउट भए भने गिल ५७ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान अभिषेश शर्माले दुई रन बनाए । नेपालका लागि पवन सराफले तीन विकेट लिए भने सन्दिपले एक विकेट हात पारे । हारपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । पहिलो खेलमा श्रीलंकासंग एक रनले हारेको नेपालले अब समुह अन्तिम खेलमा आइतबार मलेसियासंग खेल्नेछ ।

Comments

comments