अन्डर १९ समाचार

अन्डर नाइन्टिन एशिया कपमा खेलाडीले देखाएको क्षमताबाट खुसी छु– विनोद दाश

अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक विनोद दासले एशिया कपमा विपक्षीले नेपाली टिम प्रति देखाएको सम्मान सबैभन्दा ठुलो उपलब्धि भएको बताएका छन । प्रतियोगितामा सेमिफाइनलको लक्ष्य राखेको टिम समुह चरणबाट बाहिरीएपनि खेलाडीले राम्रो अनुभव पाएको प्रशिक्षक दाशको भनाई छ ।

श्रीलङकामा भइरहेको अण्डर नाइन्टिन एशीया कपको पहिलो चरणबाटै बाहिरएपनि नेपालले बिश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिती देखाएको प्रशिक्षक दासको भनाइ छ । स्वदेश फर्किएपछि प्रतिकृया दिदै दासले यो प्रतियोगिताले नेपाली खेलाडीमा क्षमताको कुनै कमी नभएको प्रमाणित गरेको धारणा राखे ।

नेपालले ट्यालेण्ट हण्ट मार्फत खेलाडी छनोट गरेर अण्डर नाइन्टिन टिम तयार पारेको थियो । अधिकांश नया खेलाडीका साथ एशीया कपमा सहभागी भएको नेपालले बलियो टोली श्रीलङका संग मात्र एक रनले हार बेहोरेको थियो । दासले श्रीलङका विरुद्ध दिपेन्द्र सिंह ऐरीको ९० रनको पारी अविस्मरणिय क्षणको रुपमा ब्याख्या गरे ।

श्रीलङका संगको खेलले युवा खेलाडीलाइ क्रिकेट करियरमा एक रनको महत्व कति हुन्छ भन्ने पाठ सिकाएको बताए । भारत संग ६ विकेटले हारेको नेपालले मलेसियालाइ एक विकेटले पराजित गरेको थियो । नेपाली क्रिकेटको भविष्य राम्रो छ भन्ने संकेत अण्डर नँइन्टिन मिटले गरेपनि यिनीहलाइ कसले संरक्षण गर्ने हो त्यो भने चुनौतीको विषय छ ।

दासले पहिलो पटक टिमको कप्तानी सम्हालेका संदिप लामिछानको नेतृत्वदायी भुमिका संतोषजनक नै रहेको भन्दै सुधार गर्नुपर्ने ठाउ धेरै रहेको बताए । नेपालले अर्को अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा आगामी वर्षको मार्च तिर अण्डर नाइन्टिन बिश्वकप छनौट खेल खेल्नेछ भने एशीयाली क्रिकेट परिषदले अरु प्रतियोगिताहरु आयोजना गर्ने जानकारी दासले दिएका छन । एसीसीले मध्य एशीया र पुर्वी एशीया गरेर टिम छुट्याउने पनि तयारी गरिरहेको छ ।

तर उमेर समुहमा रहेका खेलाडीलाई सिनियर स्तरमा क्षमता देखाउन नेपाली क्रिकेटमा खासै राम्रो अवसर पाइएको छैन । किनकी यसअघि पनि अन्डर नाइन्टिन लेभलमा निकै राम्रो खेलाडी भएपनि ’em सिनियर स्तरमा पुग्न सकेका छैनन । कारण उमेर समुह पार गरेपछि सिनियर स्तरमा पुगेर खेलाडीलाई आफनो क्षमता देखाउने थोरै मौका हुन्छ । जुन नेपाली क्रिकेटको द्रुभाग्यको कुरा हो ।

Comments

comments