महिला समाचार

महिला क्रिकेटको पहिलो दिन शसस्त्र प्रहरी र पूर्वाञ्चल विजयी

महिला क्रिकेटको आज भएको खेलमा शस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चल विजयी भएका छन ।

पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गमाई १ सय १५ रन बनाएको छ । जस्मा सरीता मगर र विनु बुढा मगरले ३३ रनको योगदान गरेकी थिइन् । मध्यपश्चिमाञ्चलकी अस्मीना कर्माचार्य र राजी पहाडीले १–१ विकेट लिएकी थिइन् । जवाफमा १ सय १६ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई ५४ रनमात्र जोड्न सक्यो । मध्यमाञ्चलका कुनै पनि ब्याटस्वुमनले दोहोरो अंकलाई छुन सकेनन् । एपिएफका सोनु खडकाले ३ विकेट र करुणा भन्डारीले २ विकेट लिएका थिए ।

दोस्रो खेलमा पूर्वाञ्चलले पश्मिाञ्चललाई ५० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूवाञ्चलले निर्धारित २० ओभरमा ४ विकेटमा १ सय ४ रनको योगफल तयार पारेको छ । जस्मा रामा थापाले ५७ रन र रश्मिा शर्माले २० रनको योगदान दिएकी थिइन् । पश्मिाञ्चलकी बर्षा रानाले २ विकेट लिएकी थिइन् ।
जवाफमा १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको पश्मिाञ्चलले १५ ओभरमा सवै विकेट गुमाई ५४ रनमात्र बनाउन सक्यो । जस्मा कुनै पनि ब्याटस्वुमनले दोहोरो अंकलाई छुन सकेनन् । पूर्वाञ्चलकी संगीता राई ३ विकेट र कविता गौतमले २ विकेट लिएकी थिइन् ।

Comments

comments