स्वरुप फेर्दै किर्तीपुर मैदान, ७ सय सुरक्षाकर्मी खटाइने

बिश्व क्रिकट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि किर्तिपुर स्थित टियु मैदानमा तयारी तीव्र रुपमा चलिरहेको छ । १५ जना ग्राउन्ड स्टाफ मैदानलाइ उत्कृष्ट बनाउन लागि परेका छन भने अन्तराष्ट्रिय क्रिकेट परिषदको प्रमुख चासोको विषय रहेको सुरक्षा ब्यबस्था कडा बनाउन सात सय भन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ ।

किर्तीपुर मैदान फेरी एक पटक दर्शकले खचाखच हुने भएको छ । फागुन २८ र ३० गते नेपाल र केन्या बीचको खेल कसरी ब्यवस्थित गर्ने भनेर योजना अगाडी बढिरहेको छ । नेपालमा प्रतियोगिता आयोजना हुदा हरेक पटक आइसीसीले सुरक्षा ब्यबस्थालाइ बढी ध्यान दिदै आएको छ । आइसीसीका प्रतिनिधी नेपाल आउदा पनि उनीहरुले सुरक्षालाइ मु्ख्य एजेन्डा बनाउदै आएका छन । जुन यसपटक पनि प्रमुख चासोको विषय बनेको छ ।

नेपालको मु्ख्य चुनौती भनेको चुस्त र प्रभावकारी सुरक्षा ब्यस्था हो । यस पटक केन्या विरुद्धको खेलका लागि सात सय भन्दा सुरक्षाकर्मी टियु मैदानमा खटाइनेछ । मैदानमा तीन तहको सुरक्षा ब्यवस्था हुने छ भने सिभिलमा पनि सुरक्षा ब्यवस्था खटाइने छ । यसअघि मैदानबाहिरबाट दर्शक खेल हेर्ने गरेकोमा यसपटक मैदान वरीवरी जस्ताले घरीने भएको छ ।

नेपाल संग बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नै नामिबिया संगको खेल आयोजना गरेको अनुभव पनि रहेको छ । त्यसैले यो नामिबिया संगको खेलमा भएका कमी कमजोरी नदोहोरिने दाबी गरिएको छ । दुइ खेलका लागि अनलाइन टिक बुकिङ यसअघि नै सुरु गरिएको छ । टियु मैदानको दर्शक क्षमता १५ हजार रहेको छ भने १५ हजार नै टिकट विक्रि गरिने क्यानका सिओओ छुम्बी लामाले बताए । प्रतियोगिताको तयारीका लागि क्यानकी पुर्व सिइओ भावना घिमिरेलाई जिम्मा दिइएको छ ।

नामियिबा विरुद्धको खेलमा दर्शक प्रवेशका लागि एउटा मात्र गेट खोलिदा केही समस्या भएकाले यस पटक दुइ वटा गेट खोलिने भएको छ । प्रतियोगिताका लागि नेपालको तयारी अन्तिम तयारीमा पुगेको छ । पिच बनाउने देखि मैदानलाई नया स्वरुप दिन कामदार एकोहोरो रुपमा लागेका छन । मैदानमा काम गरिरहेका मघु तामाङको भनाई मान्ने हो भने मैदानको काम ९० प्रतिशत सकिएको र दुबो हरीया बनाउने र मैदानलाई डिजाइन दिने काम बाकि रहेको छ । साथै सेन्ट्रल विकेटको काम पनि लगभग पुरा भएको तामाङको भनाई छ ।

दर्शकलाई ब्यवस्थित गर्न र केहि सुविधा होस भनेर अस्थाई सौचालय बनाउने तयारी भएको छ । यसका साथै विशिष्ट ब्यक्तिका लागि पनि यसपटक फरक योजना रहेको छ । घरभित्र अन्तराष्ट्रिय प्रतियोगिता हुदा हरेक पदक दर्शकका कारण स्वदेशी तथा विदेशी क्रिकेट पदाधिकारी अचम्मित हुने गरेकोमा यसपटक पनि त्यहि बाताबरण देखिने निश्चित छ ।

Comments:

comments

Add Comment

Click here to post a comment

Latest News