एसीसी इमर्जिङ टिम्स कप बन्दको प्रशिक्षण सुरु, भिडियो सहित

बंगलादेशमा चैत १२ देखी २२ गते सम्म हुने एसीसी इमर्जिङ टिम्स कप खेल्न लागेको नेपाले बन्द प्रशिक्षण सुरु गरेको छ । चार जना सिनियर खेलाडीलाइ आराम दिइएको यो प्रतियोगितालाइ नेपालले ब्याक अप खेलाडी उत्पादन गर्ने अवसरका रुपमा लिएको छ । नियमित कप्तान पारस खड्का, भेट्रान स्पिनरद्धय शक्ति गौचन तथा बसन्त रेग्मी र तीव्र गतिका बलर सोमपाल कामीले इमर्जिङ कपमा सहभागिता जनाउनेछन ।

उनीहरुलाइ आराम दिएर युवा खेलाडीहरु आसिफ शेख, भुवन कार्की, दिपेश श्रेष्ठ, दिलिप नाथ र सुशान भारीलाइ टिममा स्थान दिइएको छ । जसमा दिलिप नाथ, आसिफ र दिपेशले पहिलो पटक सिनियर टिममा ठाउ बनाएका हुन् । बंगलादेश भ्रमणमा जाने १५ र बैकल्पिक चार खेलाडी सहितको बन्द प्रशिक्षण आइतबार बाट टियु मैदानमा सुरु भएको छ ।

कस्तो हुदैछ नेपाली टिमको प्रशिक्षण हरौ यो भिडियो

Comments:

comments

This Day In History

No Events