आयरल्याण्ड विरुद्ध अफगानिस्तानको लगातार दोस्रो जित

अफगानिस्तानले आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवशीय खेलमा ३४ रनको जीत हात पारेको छ । जितसंगै अफगानिस्तानले पांच खेलको श्रृङखलामा दुइ शुन्यको अग्रता लिएको छ ।

तटस्थ खेल स्थल भारतको ग्रेटर नोयडामा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदै तीन सय ३८ रन बनाएको थियो । अफगानिस्तानको पारीमा कप्तान अजहर स्तानिजाईले सतकिए पारी खेले । उनले एक सय एक रन बनाए भने रहमत शाहले ६८ र मोहम्मद सहजादले ६३ रन बनाए । यस्तै सफिकुल्लाहले ३५ रनको योगदान गरे । बलिङ तर्फ पउल स्ट्रलिङले ६ विकेट लिए ।

जवाफमा आयरल्याण्ड ४७ ओभर तीन बलमा तीन सय चार रनमा अलआउट भयो । उसका लागि पउल स्ट्रलिङले ९५ तथा इड जोयसले ५५ र कप्तान विलियम पोटरफिल्डले ४५ रनको योगदान गरे । २१ अतिरीक्त रन पाएको आयरल्याण्डका लागि स्टुयार्ट थोमसनले ३७ रन जोडे । बलिङ तर्फ रासिद खानले ६ तथा दावलात जाद्रानले तीन विकेट लिए ।

Comments:

comments

This Day In History

No Events