पुरुष बिशेष समाचार

कम बोल्ने तर ब्याटिङले जवाफ दिने दिपेन्द्र

तीन महिना अघि भएको अन्डर नाइन्टिन एशीया कपमा श्रीलंकालाई पराजित गर्न नजिकै पुगेर पनि चुकेको नेपालले सोहि खेलबाट एक प्रतिभाशाली युवा खेलाडी पायो । भारतको कसिलो बलिङसामु ९० रनको पारी खेलेर सबैको मनजित्न सफल खेलाडी थिए दिपेन्द्र सिंह ऐरी । तीनै दिपेन्द्रले आसन्न केन्या विरुद्धको खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन । जुन खेल दिपेन्द्रका लागि अवसर र चुनौती दुबैले उतिकै भरिएको छ ।

सुदुरपश्चिमको कंचनपुरमा १७ वर्ष अघि जन्मिएका लजालु स्वभावका दिपेन्द्रलाईण् निकै लामो प्रयासपछि क्यामरा अगाडी बोल्न राजी भए पनि उनले त्यती सहज महसुश गरेनन् । तर जब उनी क्रिजमा जान्छन उनको ब्याट कुनैपनि बलर सामु लजाउदैन् । सन २०१४ मा कुवेतमा भएको एसीसी अन्डर नाइन्टिन प्रिमियरमा डेब्यु गरेका दिपेन्द्रले त्यसयता पछि फर्किएर हेुर्न परेको छैन् ।

गत वर्ष बंगलादेशमा भएको अन्डर नाइन्टिन बिश्वकपमा पनि उनले राम्रो प्रभाव छोड्न सफल भए । तर एशीया कपको श्रीलङका विरुद्धको इनिङ उनको करियरको टर्निङ पोइन्ट हो भन्दा फरक नपर्ला । त्यसैले पनि दिपेन्द्रलाइ आइसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या संगको खेलका लागि सिनियर टिममा ठाउ पाउछु भन्ने बिश्वास लागेको थियो । लजालु दिपेन्द्र कै भाषामा भन्ने हो भने श्रीलंका को खेलले मलाई यहासम्म पुर्यायो ।

कतिपय खेलाडीलाई दर्शकले खचाखच भरिएको मैदानमा पहिलो पटक खेल्न त्यति सहज भने हुदैछ । दर्शकको प्रेसरकै कारण राम्रो फर्ममा रहेका खेलाडी पनि नर्भस हुने गर्छन । तर दिपेन्द्र समर्थकको प्रेसर थेग्न तयार रहेको बताउछन । राष्ट्रिय टिमबाट घरेलु मैदानमा खेल्न पाउनु सवै खेलाडीको भाग्यमा हुदैन । दर्शकमाझ खेल्न केहि प्रेसर त हुन्छ तर आएको जिम्मेवारी निभाउने कोशिष गर्नेछु । अलि अलि प्रेसर त भइहाल्छ ।

ब्याटिङ गर्दा सधै कालो स्कार्फ लगाएर खेल्ने दिपेन्द्र अरु भन्दा केही फरक देखिन्छन । खेल्न सजिलो हुने हुदा स्कार्फ लगाउने गरेको उनको भनाइ छ । हाल नेपाल पुलिस क्लबमा आवद्ध दिपेन्द्र त्यसअघि धनगढी क्षेत्रबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउथे । उनको क्रिकेट प्रतिको लगाव र मेहनत बाट कप्तान पारस खड्का पनि निकै प्रभावित छन । पारसले दिपेन्द्र आफुलाई प्रमाणित गरेर यहासम्म पुगेको हो र उसको क्षमतामा टिम पनि विश्वस्त छ ।

शरद भेषावकर र महेन्द्र सिंह धोनीका फ्यान दिपेन्द्र आफ्नो भविष्य क्रिकेटमै देख्छन । राष्ट्रिय टिम बाट नेपालको प्रतिनिधित्व गरिसकेका प्रदिप ऐरीको बाटो समात्दै क्रिकेटमा लागेका दिपेन्द्रको दृढ संकल्प एउटै छ राम्रो क्रिकेट खेलेर अगाडी बढने । त्यसका लागि उनी आफनौ क्षमतामा ढुक्क छन ।

Comments

comments