धनगढी प्रिमियर लिगलाई गोल्डस्टार जुत्ताले ५ लाख प्रायोजन

धनगढीमा आयोजना हुन लागेको धनगढी प्रिमियर लिगलाई किरण जुत्ता उत्पादक कम्नीको उत्पादन गोल्डस्टार जुत्ताले सहायक प्रायोजन गर्ने भएको छ । नेपालमा पहिलो पटक अक्सनबाट खेलाडी अनुबन्ध गरेको डिपिएललाई सहप्रायोजन गर्ने गोल्डस्टार दोस्रो कम्पनी हो ।

काठमाडौमा आयोजना भएको एक कार्यक्रममा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक बिधुशी राणा विच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सहायक प्रायोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको स्पोन्सर गर्ने सहमती भएको निर्देशक राणाले बताईन ।

खेलकुदले राष्ट्रिय एकता तथा सामाजिक सदभाव जोगाईराख्न मदत गर्ने राणाको भनाई छ । नेपालको पुरानो कम्पनी भएपछि खेलकुदसंग जोडिएको यो दोस्रो पटक हो । यसअघि यो कम्पनीले इपिएलमा पञ्चकन्या तेजको सहप्रायोजक बनेको थियो । सम्झौता अनुसार कम्पनीले आयोजकलाई केहि नगद र बाकि आफनो प्रोडक्ड उपलब्ध गराउनेछ । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा गोल्ड स्टारलाई जोड्न पाउँदा खुसी ब्यक्त गरे ।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ । प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमहरुले सहभागिता जनाउँदै छन।

Comments:

comments

This Day In History

No Events