पुरुष समाचार

इमर्जिङ टिम्स कपमा चार सिनियर खेलाडीलाइ आराम दिने

नेपालले बंगलादेशमा हुने इमर्जिङ टिम्स कपमा चार सिनियर खेलाडीलाइ आराम दिने भएको छ । नियमित कप्तान पारस खड्काले यसअघिनै अस्वस्थताका कारण इमर्जिङ टिम्स कपमा सहभागिता नजनाउने बताइसकेका छन ।

भेट्रान स्पिनरद्धय शक्ति गौचन र बसन्त रेग्मीले पनि आराम गर्ने बुझिएको छ । यस्तै तीव्र गतिका बलर सोमपाल कामी पनि बंगलादेश टुरमा समावेश हुने छैनन् । उनीहरुको स्थानमा युवा स्पिनर भुवन कार्की तथा, सुशन भारी , मध्य गतिका बलर दिपेश श्रेष्ठ र विकेटकिपर तथा ब्याट्सम्यान आशिफलाइ टिममा राखिने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलमा नेपाली टोलीमा १४ खेलाडी रहेका थिए । इमर्जिङ कपमा भने १५ जना खेलाडी हुनेछन । प्रतियोगिताका लागि नेपालले आज अन्तिम नामावली आज आइसीसीमा पठाएको छ ।

तीन दिन पछि बंगलादेश जाने १५ र बैकल्पिक चार खेलडी सहितको बन्द प्रशिक्षण सुरु हुनेछ । आइसीसीमा प्रतियोगिता मार्च २५ देखि अप्रिल ४ सम्म हुदैंछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यू–२३ टिम तथा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसियाको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Comments

comments