एसीसी इमर्जिङ टिम कप, नेपालको पहिलो प्रतिद्धन्द्धी पाकिस्तान

एसीसी इमर्जिङ टिम कपमा नेपालको पहिलो प्रतिद्धन्द्धी टेष्ट मान्यता राष्ट्र पाकिस्तान परेको छ । २७ मार्चमा नेपालले शेख जमल स्टेडियममा नेपालले पाकिस्तान विरुद्ध उत्रनेछ ।

एसीसीले जारी गरेको खेल तालिकामा नेपाल पाकिस्तान, बंगलादेश र हङकङ एकै समुहमा परेका छन । जसमा नेपालले दोस्रो खेल घरेलु टिम बंगलादेशसंग खेल्नेछ । समुहको अन्तिम खेलमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको अर्को प्रतिद्धन्द्धी हङकङसंग खेल्नेछ । दुई समुहका शिर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन । प्रतियोगिताका लागि तीन नयाँ खेलाडीलाई पहिलोपल्ट अवसर दिँदै एसीसी इमर्जिङ टिम्स कपका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टिम बुधबार घोषणा गरिएको छ ।

नियमित कप्तान पारस खड्काले स्वास्थ्यलाभका लागि नखेल्ने घोषणा गरेका थिए भने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँगको खेलमा सहभागी भेट्रान स्पिनर शक्ति गौचन, वसन्त रेग्मी र तीव्र गतिका बलर सोमपाल कामीलाई पनि आराम दिइएको छ । यस्तोमा आसिफ शेख, दिलीप नाथ (दुवै विकेटकिपर/ब्याट्सम्यान) र मिडियम पेस बलर दिपेश श्रेष्ठले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान पाएका छन् ।

Comments:

comments

This Day In History

No Events