म्याक्सवेलको टेष्ट करियरको पहिलो सतक, तीन वटै विधामा सतक प्रहार गर्ने दोस्रो अष्ट्रेलियन खेलाडी

भारत विरुद्धको तेस्रो टेष्टमा एकदिवसियका विस्फोटक ब्याटसम्यान ग्लेन म्याक्सवेलले टेष्ट करियरको पहिलो सतक प्रहार गरेका छन ।

करियरमा चौथो टेष्ट खेलिरहेका म्याक्सवेलले करियरको पहिलो टेष्ट प्रहार गर्दै टेष्ट क्रिकेटमा सतकको खाता खोलेका छन । एक सय ४० रनमा चौथो विकेट गुमेपछि क्रिजमा आएका म्याक्सवेलले कप्तान स्मिथसंग उत्कृष्ट साझेदारी गर्न सफल भए । पहिलो दिन ८२ रनमा अविजीत रहेका म्याक्सवेल थप १८ रन हिर्काउदै सतक प्रहार गरे ।

एकदिवसिय क्रिकेटमा श्रीलंका विरुद्ध पहिलो सतक प्रहार गरेका म्याक्सवेल ९९ रन हुदा उमेश यादवको बलमा चौका प्रहार गर्दै सतक प्रहार गरे । उनले एक सय ८० बलमा नौ चौका र दुई छक्काको मद्धतले सतक प्रहार गरेका हुन । म्याक्सवेल ट्वान्टी ट्वान्टी, एकदिवसिय र टेष्ट तीन वटै विधामा सतक प्रहार गर्ने दोस्रो अष्ट्रेलियन खेलाडी बनेका छन । यसअघि सेन वाटसनले तीन वटै विधामा सतक प्रहार गरेका थिए ।

Comments:

comments

This Day In History

No Events