पुरुष समाचार

नेपालले केन्यालाइ एक सय चार रनको लक्ष्य

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले केन्यालाइ एक सय चार रनको लक्ष्य दिएको छ । ३६ ओभरमा ८ विकेटको अवस्थामा एक सय १२ रन हुदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि डकवर्थ एन्ड लुइसको नियमका आधारमा केन्याले एक सय चार रनको लक्ष्य पाएको हो ।

कीर्तिपुर मैदानमा वर्षाका कारण झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारे ब्याटिङ पाएको नेपालले २१ रन हुँदा पहिलो विकेट गुमायो । ओपनर सुनिल धमला तीन रनमा पेभेलियन फर्किए । त्यसपछि ३७ रन हुँदा नेपालले दोस्रो विकेट गुमायो । आजको खेलमा कप्तानी गरेका ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २७ रनमा आउट भए । नेपालले ४५ रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । सागर पुन १० रनमा आउट हुन पुगे । वर्षाका कारण खेल ३८ ओभरमा झारिएको खेलमा नेपालको राम्रो साझेदारी नहुदा ५५ रनमा चौथो विकेट गुमायो ।

क्रिजमा दिपेन्द्रलाइ साथ दिइरहेका शरद १७ बलमा तीन रन बनाउदै पेभेलियन फर्किए । लगातार विकेट गुमाएको नेपालको स्कोर ६६ रन हुदा पाचौ विकेट गुमायो । विनोद भण्डारी चार रनमा आउट भए । त्यसको लगत्तै महबुब आलम पनि आउट भएपछि नेपालले ७१ रन हुदा छैटौ विकेट खेर फाल्यो । नेपालले थप दुइ रन जोडदा सातौ विकेट खेर फाल्यो । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका दिपेन्द्र एैरी ब्यक्तिगत १९ रनमा आउट हुदा नेपालले ७३ रन बनाएको थियो । उनले ५६ बल खेलेका थिए । ८२ रन हुदा नेपालले आठौ विकेट गुमायो । बसन्त रेग्मी मात्र ६ रनमा आउट भए । त्यसपछि शक्ति गौचन र सोमपाल कामीले नेपाललाइ सम्हाल्ने प्रयास गरेका थिए ।

Comments

comments