पुरुष समाचार

नेपालले एक सय ५६ रनको लक्ष्य पायो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ ।

किर्तीपुर मैदानमा जारी खेलमा नेपालले आज पनि पहिलो खेलको सेटलाई नै मैदानमा उतारेको नेपालले आज राम्रो बलिङ गरयो । केन्याको स्कोर १४ रन हुदा महबुब आलमले दुई विकेट लिए । ओपनर ओडाम्बालाई नौ रनमा पेभेलियन फर्काए भने डोन्डरीयालाई खाता खोल्न नपाउदै आउट गरे ।

त्यसपछि केन्याका लागि कोलीन ओबीयाले ४८ तथा कप्तान राकेप पटेल २१ र करण कोउलले १४ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि शरद भेषवाकरले चार तथा बसन्त रेग्मी र महबुब आलमले दुई दुई विकेट लिए । च्याम्पियन्स लिगमा नेपालको यो अहिलेसम्मकै राम्रो बलिङ प्रदर्शन हो ।

Comments

comments