७ फिट अग्ला इरफानलाई पाकिस्तानले क्रिकेट खेल्न रोक लगायो

पाकिस्तानका ७ फिट अग्ला बलर मोहम्मद इरफान ‘स्पट फिक्सिङ’ को आरोपमा निलम्बित भएका छन्। उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले छानवीनको रिपोर्ट सार्वजनिक नहुँदासम्म उनलाई खेल्नबाट रोक लगाएको छ।

पाकिस्तानको टि–२० लिगमा उनीमाथि ‘स्पट फिक्सिङ’ गरेको आरोप लागेको थियो। पाकिस्तानी क्रिकेटमा पछिल्लो समय इरफान मात्र निलम्बित भएका होइनन्। यसअघि शारजिल खान, खालिद लतिफ र नासिर जमशेद क्रिकेटको सबै फरम्याटमा प्रतिबन्धित भएका थिए।

पिसिबीको भ्रष्टाचार निरोधक समितिले भ्रष्टाचारको आरोपमा जुल्फिकार बाबर र शाहजेब हसनसँग पनि बयान लिएको छ। तर, उनीहरु माथि लागेको आरोप प्रमाणित नभएपछि दुबैलाई फुकुवा गरिएको थियो।

शारजिल, खालिद र इरफान तीनै जना पाकिस्तानी क्रिकेट लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्ने गर्छन्। जसको कप्तान मिसबाह उल–हक हुन्।
बायाँ हातका तीब्र बलर इरफानले पाकिस्तानका लागि ४ टेस्ट र ६० एकदिवसीय तथा २० टि–२० खेलेका छन्। अग्लो भएका कारण उनी बललाई बाउन्स गराउन माहिर मानिन्छन्। उनी विश्व क्रिकेटमा अग्लो खेलाडीमा पर्छन्।

Comments:

comments

This Day In History

No Events