पुरुष समाचार

बर्षाका कारण खेल फेरी रोकियो

केन्या र नेपाल विचको खेल फेरी बर्षाका कारण रोकिएको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शन निकै फितलो रह्यो ।

बर्षाका कारण ३८ ओभरमा झारीएको खेलमा नेपालले बारम्बार पानी पर्दा पुरै ओभर खेल्न पाएन । खेलाडी खेलाडी विच राम्रो साझेदारी नहुदा नेपालले सामान्य रन बनायो । ३६ ओभर हुदा आठ विकेटको अवस्थामा एक सय १२ रन बनाउदा बर्षाले खेल रोकिन पुग्यो । कप्तान पारस खडका विना नै मैदानमा उत्रिएको नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाए । २१ रन हुदा पहिलो विकेट गुमाएको नेपाललले ६६ रन हुदा पाच विकेट खेर फाल्यो ।

८२ रनमा आठ विकेट गुमाएको नेपालका लागि राष्ट्रिय टिममा डेब्यु गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । यस्तै शक्ति गौचनले १८ र सोमपाल कामीले १५ रन जोडे । कुनै पनि खेलाडी विच राम्रो साझेदारी नहुदा नेपाल कमजोर बन्यो । सुनिल धमला, शरद भेषवाकार, विनोद भण्डारी, महबुब आलम, बसन्त रेग्मीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्पm केन्याका सेम गोचेले तीन तथा नेल्शन ओडिम्बोले दुई विकेट हात पारे ।

बर्षाका कारण डक वर्थ एण्ड लुइसको नियमका आधारमा केन्याले २९ ओभरमा एक सय चार रनको सामान्य लक्ष्य पायो । तर उसले सुरुवात भने राम्रो गर्न सकेन । आठ रनमा पहिलो विकेट गुमाएको केन्याले ६५ रन हुदा चार विकेट खेर फालेको थियो । उसका लागि कोलिन्स ओबुयाले २४ रन बनाए ।

Comments

comments