अन्तराष्ट्रिय समाचार

श्रीलंका विरुद्धको दोस्रो टेष्टमा बंगलादेश चार विकेटले विजयी

श्रीलंका विरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलमा बंगलादेश चार विकेटले विजयी भएको छ । जितसंगै दुई खेलको श्रृखला एक एकको बराबरी गर्न सफल भएको छ ।

कोलम्बोमा भएको खेलमा घरेलु टिम श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो पारीमा तीन सय ३८ रन बनाएको थियो । उसका लागि दिनेश चन्दिमलले एक सय ३८ रन बनाए भने सुरङगा लकमलले ३५ रन बनाए । जवाफमा बंगलादेशले पहिलो पारीमा गतिलो जवाफ दिदै चार सय ६७ रन बनायो । उसका लागि सकिव अल हसनले एक सय १६ तथा मोसादिक हुसेनले ७५ र सौम्य सरकारले ६१ रन बनाए ।

पहिलो पारीमा एक सय १९ रनले पछि परेको श्रीलंकाले दोस्रो पारीमा मात्र तीन सय १९ रन बनायो । जसका कारण बंगलादेशले एक सय ९१ रनको लक्ष्य पाएको थियो । श्रीलंकाका लागि दिमुथ करुनारत्नेले एक सय २६ र दिलरुवाना परेराले ५० रन जोडे । सामान्य लक्ष्य बंगलादेशले छ विकेट गुमाउदै पुरा गरयो । उसका लागि तमिम इक्वालले ८० तथा सबिर रहमानले ४१ रन बनाए । पहिलो टेष्टमा श्रीलंका विजयी भएको थियो ।

Comments

comments